शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहमतिको खोजीमा बोहोराटार–चाक्सीबारी देउवा पक्षको दौडधूप

शनिबार, २८ मङ्सिर २०७६, २० : ४७
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौं ।  नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्रको पछिल्लो विवाद समाधानका लागि छलफललाई तीव्रता दिएको छ । शनिबार विहान सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग विवाद समाधानका लागि छलफल गरेका थिए । शनिबार दिउँसो पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा संस्थापन पक्षबाट उपभापति विमलेन्द्र निधि र इतर पक्षबाट सिंहबीच करिब साढे दुई घण्टा छलफल भएको हो । 

देउवासँग पौडेल निवास बोहोराटार पुगेका निधि सिंहसँग छलफल गर्न उनको निवास पुगेका थिए । शनिबार बिहान  भएको देउवा र पौडेलबीचको छलफलमा सहमति नजिक पुग्न नसकेपछि निधि र सिंहबीच छलफल भएकाे हाे ।

विवाद देखिएका विषयमा चाक्सीबारीमा गहन छलफल भए पनि आ–आफ्नै अडानका कारण निष्कर्षमा पुग्न नसकेको सिंहले बताए । यता प्रवक्त विश्वप्रकाश शर्माले छलफल सकारात्मक भएको मात्र प्रतिक्रिया दिए ।  उनले भने, ‘चाक्सीबारी छलफल सकरात्मक दिशामा प्रवेश गरेको छ । यो - यो विषयमा सहमति भयो भनेर नभन्ने सहमति भएको छ ।’ 

साथै उनले भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठक पूर्वनिर्धारित समयमै बस्ने पनि जारीका दिए । 

पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा  पक्षको अडानपछि पौडेल पक्षले बैठक बहिस्कार गरेको थियो । पौडेल पक्ष भने १४ औँ महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने अडानमा छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप