चिकित्सक संघको नयाँ नेतृत्वका लागि कम्युनिस्ट र काँग्रेसको भिडन्त, खडा भए २ प्यानल
काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि २ प्यानल खडा भएको छ । शनिबार कार्यसमिति उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने अन्तिम दिन प्रजातान्त्रिक समूह र प्रगतिशील समूह बनेर नाम दर्ता भएको छ ।
शनिबार प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा.लोचन कार्कीले उम्मेदवारी दिएका छन् भने प्रगतिशील समुहबाट पुष्पमणि खरालले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले मनोनयन पत्र दर्ता गर्न शनिबार १ बजेसम्मको समय दिइएको थियो ।
अध्यक्ष सँगै महासचिवमा चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा डा. बद्री रिजाल, डा.अजयकुमार मिश्र, डा. दिपेन्द्र पाण्डे र डा. मधुर बस्नेतले मनोनयन पत्र दर्ता गराएका हुन् ।
केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव कोषाध्यक्ष तथा सदस्यमा ३१ जनाले मनोनयन पत्र दर्ता गरएको नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. विश्व राज दवाडीले जानकारी दिए ।
नेपाल चिकित्सक संघको निर्वाचन चरणबद्ध रुपमा माघ ४ र ५ गते जिल्लाहरुमा १७ देखि २१ गतेसम्म केन्द्र हुने कार्यतालिका रहेको निर्वाचन अधिकृत डा. युविन यादवले जानकारी दिए । निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद