बाँकेमा पढाइ प्रभावित : ८१ विद्यालय बन्द
नेपालगन्ज - एक साताअघि बाँकेमा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
राप्ती नदीमा आएको पानीको भेल गाउँमा पसेपछि विद्यालयसमेत डुबानमा परेकाले विद्यार्थीको पढाइ प्रभावित भएको हो । सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार, बाढीका कारण जिल्लाका ८१ विद्यालय खुल्न सकेका छैनन् । ती विद्यालयमध्ये २९ विद्यालयमा बाढीपीडित परिवारका सदस्यले आश्रय लिइरहेका छन् ।
विद्यालयको कक्षाकोठामा पसेको पानी सुकिनसकेको र केही विद्यालयमा राहत शिविर सञ्चालन भइरहेकाले एक सातापछि मात्र विद्यालय सञ्चालनमा आउने सम्भावना रहेको जनाइएको छ ।
विद्यालय सञ्चालनमा नआउँदा करिब १५ हजार विद्यार्थीको पढाई प्रभावित भएको छ भने बाढीका कारण विद्यालयमा भएका पाठ्यसामग्रीसमेत नष्ट भएको छ ।
त्यस्तै विद्यार्थीका पाठ्यपुस्तक पनि बाढीसँगै बगेपछि उनीहरुले घरमा समेत अध्ययन गर्न पाएका छैनन् । सहायक जिशिअ थापाले विद्यालयमा नष्ट भएका पाठ्यसामग्री खरिद गर्न रु ५० हजार विनियोजन गरिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा