भोलि धनुषाभरीका संस्थागत विद्यालय बन्द
शनिबार, २८ मङ्सिर २०७६, १६ : ५३
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा गएराति भएको विष्फोटमा परि एक विद्यार्थीको समेत मृत्यु भएपछि आइतबार जिल्लाका सबै संस्थागत बिद्यालयहरु बन्द रहने भएका छन् ।
जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना पश्चात् प्याब्सनका धनुषा अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै आइतबार निजी विद्यालयहरु बन्द रहने जनाएका हुन् ।
सो बिस्फोटमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश भनिने राजेश्वर साहको समेत मृत्यु भएको थियो । आनन्द राजेश्वरका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी