बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अकुपाई टुँडिखेल अभियानः  खुलामञ्चको सरसफाई गरियो

शनिबार, २८ मङ्सिर २०७६, १५ : ५३
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौँ । अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चको सरसफाई गरिएको छ । 

अभियानको छैठौँ हप्तामा ‘सफा, स्वच्छ खुला मञ्च कायम गरौँः खुला मञ्चको फोहोर कसिंगर जरैदेखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो । 

टुँडिखेल टुँडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन भएको काठमाडौं महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीले बताए । 

अकुपाई टुँडिखेल अभियान कसैको विरोध वा समर्थनमा नभएको उनको भनाइ छ । 

अकुपाई टुँडिखेल अभियानका अभियान्ता सुशन वैद्यले खुल्लामञ्च महानगरको एकलौटी सम्पत्ति नभएको बताए । सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै उनले तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउन नमिल्ने बताए । 

अकुपाई टुँडिखेल अभियान अन्तर्गत यसअघि टुँडिखेलको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा राजनीतिक महत्वमाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालन भएका थिए । टुँडिखेलमा बसपार्कसहित अनधिकृत पसल सञ्चालन गरिएपछि यसको विरुद्धमा अभियान सञ्चालन गरिएको हो । अभियान विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आगामी ६ हप्तासम्म अझै जारी रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप