शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट

शनिबार, २८ मङ्सिर २०७६, १२ : ५२
शनिबार, २८ मङ्सिर २०७६

सिरहा ।  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । 

गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको जिल्लाप्रहरी सिरहाले जनाएको छ । 

घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिए । 

मंसिर १३ गते पनि सिरहाको धनगढीमाई नगरपालिकाको ढोकामै अज्ञात समूहले कुकर बम राखेको थियो । सो बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप