‘हस्पिट्यालिटी एण्ड फूड सेफ्टी’ बारे गोष्ठी सम्पन्न
रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान) र सेफ एशोसिएशन अफ नेपालको सहकार्यमा शुक्रबार रोयल व्याङ्क्वेट तीनकुनेमा ‘हस्पिट्यालिटी एण्ड फूड सेफ्टी’सम्बन्धी एक कार्यशाला गोष्ठी सम्पन्न भयो ।
रेष्टुराँ सञ्चालक, सेफ तथा व्यवस्थापन अधिकृतहरुको सहभागितामा सम्पन्न यस गोष्ठीमा म्यारिओट होटलका लर्निङ एण्ड डेभेलपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठबाट ‘हस्पिट्यालिटी क्षेत्रमा मानव संसाधनको भूमिका र उनीहरुप्रति सञ्चालकहरुको जिम्मेवारी’ विषयमा र फुडमाण्डौँका कार्यकारी प्रमुख निदान श्रेष्ठबाट ‘अनलाइनमा रेष्टुरेण्ट व्यवसायको अवसर र चुनौती’ विषयमा प्रस्तुति दिएका थिए ।
त्यसैगरी, एआइटिएम कलेजका प्राचार्य वसन्त जोशीबाट ‘फूड प्रोडक्शन, सेफ्टी एण्ड हाइजिन’ विषयमा प्रस्तुति दिएका थिए भने गेट कलेज मण्डिखाटारका प्रमुख कार्यकारी अधिकृत खेम खलैले ‘रेष्टुरेन्ट सञ्चालन’ विषयमा प्रस्तुति दिएका थिए ।
सहभागीहरुले गोष्ठीको समापनमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नियमित कार्यक्रमसँगै अन्य पृथक कार्यक्रम पनि सञ्चालन गर्न आयोजक संस्था रेबान र सेफ एशोसिएशनलाई आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी
-
इरानविरुद्ध इजरायलले गर्यो जवाफी कारबाही