शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा बम विस्फोटका गम्भीर घाइते प्रहरी निरीक्षकको मृत्यु

शनिबार, २८ मङ्सिर २०७६, ०८ : ०७
शनिबार, २८ मङ्सिर २०७६

धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोटमा घाइते प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ । गम्भीर घाइत दाहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले रातोपाटीलाई बताए । 

प्रहरी कार्यालय धुनषाका अनुसार दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् । अन्य २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ५ जनाको अवस्था गम्भीर छ । 

शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा  इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

राति १२ बजे राजेश्वरको घरको शौचालयस्थित अलपत्र अवस्थामा रहेको शंकापष्द वस्तु  बम हो भनि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट यकीन गर्न पुगेको बेला सो बम बिस्फोट भएको थियो ।

बिस्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गशमभीर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । 

गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जनाइएको छ । अन्य २ जना समान्य घाइते भएको बताइएको छ ।

घरमुली साह विगतदेखि नै मोटो रकम ऋण लगानी गर्दै आएको कारण कसैले उनीहरुलाई हत्या गर्नकै लागि राखिएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयको आशंका छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान तिव्र बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप