सस्तियो प्याज
शनिबार, २८ मङ्सिर २०७६, ०७ : २३
उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो ।
गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भित्र्याउँदै आएका थिए ।
गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको छ । यो सातादेखि उपत्यकावासीको प्याजको माग चीनले धानेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले दैनिक ४०/४५ टन प्याज चीनबाट भित्रिन थालेको छ । अघिल्लो सातासम्म भारतबाट दैनिक ४५/५० टन प्याज आएकोमा अहिले चीनबाट आएको छ र भाउ पनि केही सस्तो भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी
-
इरानविरुद्ध इजरायलले गर्यो जवाफी कारबाही