शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय संसदको चालु अधिवेशनबाट १५ विधेयक पारित

शुक्रबार, २७ मङ्सिर २०७६, २२ : ५२
शुक्रबार, २७ मङ्सिर २०७६

नयाँ दिल्ली । भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन् ।  अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला मन्त्री प्रलाह्द जोशीले जानकारी दिए । 

पत्रकारहरुसँग कुराकानी गर्दै उनले लोकसभामा १८ विधेयक पेश गरेकोमा १४ वटा संसदले पारित गरेको बताए । राज्यसभाले भने १५ विधेयक पारित गरेको उनको भनाई छ । 

संसदको चालु अधिवेशन गत नोभेम्बर १८ मा सुरु भएको थियो भने अहिलेसम्म २० ओटा बैठक बसेका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप