बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबलरहरुको डिस्को काण्ड : ९० दिन निलम्बन र ५० हजार जरिवाना

शुक्रबार, २७ मङ्सिर २०७६, २० : ३०
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले कुवेतसँग विश्वकप छनोट खेल्नुअघि डिस्को गएका खेलाडीलाई निलम्बन सहित आर्थिक जरिवानाको कारवाही गरेको छ ।

 एन्फा अनुशासन समितिले शुक्रबार विमल घर्तीमगर र दिनेश राजवंशीलाई ९० दिन तथा अन्जन बिष्ट र सन्तोस तामाङलाई ४५ दिन निलम्बनको कारवाही गरेको हो । चारैजनालाई जनही ५० हजार रुपैयाँ जरिवाना पनि गरिएको छ ।

कुवेतविरुद्ध भुटान खेल्न जानुअघि चार फुटबलर ठमेल र दबारमार्कका डिस्को र नाइट क्लबमा पुगेका थिए । त्यही वेला उनीहरुलाई टोलीबाट बर्खास्त गरिएको थियो । 

यी खेलाडीले १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि गुमाएका थिए । यी खेलाडीको कारबाही प्रारम्भ नोभेम्बर १३ तारिखदेखिनै सुरु हुने एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप