शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कतार एयरवेजले ‘ए डिभिजन शहीद स्मारक लिग २०१९–२०’लाई प्रायोजन गर्ने

शुक्रबार, २७ मङ्सिर २०७६, १५ : ५९
शुक्रबार, २७ मङ्सिर २०७६

दोहा– कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग साझेदारी गर्ने भएको छ । 

नेपालको सबैभन्दा ठूलो फुटबल लिग ‘कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग’ १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म हुनेछ । 

यस साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखिने छ । यसको साथमा कम्पनीले बोर्ड, रंगाशालाका झण्डा, एल ई डी स्क्रीन तथा डिजिटल लगायतका सामाग्री प्रायोजन गर्नेछ । 

कतार एयरवेज ग्रुप प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भनेः ‘यस साझेदारीसँगै हामी निकै उत्साहित छौँ जसबाट कतार एयरवेजले देशकै फुटबल विकासमा सहयोग पु¥याउनेछ । खेलकूदले सबैलाई एक बनाउने हाम्रो विश्वास छ र यसप्रतिको हाम्रो समर्पणको एक उदाहरण हो यस साझेदारी ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप