गुहेश्वरीमा छिट्टै फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन हुन्छ: मन्त्री मगर
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने बताएकी छिन् । मन्त्री मगरले शुक्रबार प्रशोधन केन्द्रको निरिक्षण गरी निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब छिट्टै उद्घाटन हुने मिति तय हुने बताएकी हुन् ।
उनले प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्ने बताएकी हुन् ।
दुई वर्ष अघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण कार्य २०७६ साउन महिनामा सम्पन्न गरिसक्नुपर्ने थियो । तर केही ढिला भएपनि काम सम्पन्न भएको मन्त्री मगरले बताइन् । सरकारले बागमती नदिको सफाई अभियान अन्तर्गत काठमाडौं उपत्यकाको ढल सिधै नदिमा मिसिन नदिन ढल प्रशोधन केन्द्र निर्माण गरेको हो ।
२ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ । प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने योजना सरकारको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने