शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब आफ्नै सवारीले ट्रायल : सर्वोच्चबाट आयो यस्तो आदेश

सोमबार, ०५ भदौ २०७४, ०७ : ३३
सोमबार, ०५ भदौ २०७४

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि आफ्नै सवारीसाधनबाट ट्रायल दिन पाइने भएको छ ।

सर्वोच्च अदालतले आफ्नै सवारी साधानमार्फत ट्रायल दिन पाइने अन्तरिम आदेश दिएको हो ।

आदेशले ट्रायलमा परीक्षार्थीलाई आफ्नै सवारी प्रयोग गर्न सक्ने गरी बाटो खोलिदिएको छ ।

यसअघि यातायात व्यवस्था विभागले सीमित कम्पनीका सवारी साधनबाट मात्रै ट्रायल दिन पाइने व्यवस्था गरेको थियो ।

परीक्षार्थीले ट्रायल दिँदा सवारीसाधन प्रयोग गरेबापत निश्चित रकम कम्पनीलाई बुझाउँदै आएका थिए ।

विभागका प्रवक्ता टोकराज पाण्डेले अदालतले आदेश दिएको सुनेपनि विभागमा आधिकारिकपत्र आइनसकेको बताए ।

उनले अदालतको आदेशअनुसार काम गर्ने जानकारी दिएको खबर आजको  नागरिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप