भारतीय सेना फिर्ता र लिम्पियाधुरा समेत समेटेर नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन
काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्याका समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरवारमा बसेको बैठकले निर्देशनको पहिलो नम्बर बुँदामा लिम्पियाधुरा, लिपुलेक र कालापानी, सुूस्ता लगायतका भारतीय पक्षबाट अतिक्रमणमा परेका नेपाली भू–भागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरी समस्या समाधान गर्न भनेको छ ।
त्यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न निर्देशन दिएको छ ।
त्यस्तै लिम्पियाधुरा, लिपुलेक कालापानी, सुस्ता लगायतको नेपाली भूमी समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै