शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शितलहरबाट जोगिन मधेशी आयोगको आग्रह

शुक्रबार, २७ मङ्सिर २०७६, १४ : ४५
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौं । मधेशी आयोगले शितलहर र हिमपातको प्रभावबाट बच्नका लागि न्यानो लुगा लगाउन र सो समयमा घर बाहिर ननिस्कन तथा आगो तापी बस्न सर्वसाधारणलाई आग्रह गरेको छ ।  आयोगले मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान अनुसार विहिवारदेखि शितलहर र हिमपात शुरु भएको हुनाले त्यस्तो आग्रह गरेको हो ।

आयोगले विज्ञप्ति जारी गर्दै समयमै प्रभावकारी कदम उठाई शितलहरर हिमपात प्रभावित नागरिकहरुको जिउन्यानको सुरक्षा सुनिश्चिततामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुको पहललाई थप प्रभावकारी र नेतृत्वदायी बनाई प्रभावकारिता हासिल हुने अपेक्षा गरिएको आयोगले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप