शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत आमनिर्वाचनः कन्जर्भेटिभले पायो बहुमत, लेबर निराश

शुक्रबार, २७ मङ्सिर २०७६, ११ : ३४
शुक्रबार, २७ मङ्सिर २०७६

बेलायतको आम निर्वाचनमा सत्ताधारी कन्जर्भेटिव पार्टीले ठूलो जीत हासिल गरेको छ । पार्टीले स्पष्ट बहुमत हासिल गरेको हो ।

६ सय ५० सिट भएको संसदमा पार्टीले बहुमतका लागि आवश्यक ३ सय २६ सिटको आँकडा पार गरेको छ । रुझानका अनुसार उनीहरुको खातामा ३ सय ६३ सिट आउन सक्छ ।

विपक्षी लेबर पार्टीले आफ्नो पारम्परिक सिट गुमाइसकेको छ । उसको सिटको संख्या घटेर दुई सयभन्दा पनि तल झरिसकेको बुझिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले अब आफूले नयाँ जनादेश पाएको बताएका छन् । अब यसमार्फत् आफूले बेलायतलाई युरोपेली संघबाट अलग्याउने ब्रेक्जिट डिल लागु गर्न सक्ने र बेलायतलाई एकजुट बनाउन सक्ने उनले बताएका छन् ।

लेबर पार्टीका नेता जेरेमी कार्बिनले नतिजामाथि अफसोस जताउँदै यसलाई ‘लेबर पार्टीका लागि एउटा ठूलो निराशाजनक रात’ बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप