शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कारको ठक्करबाट एकको मृत्यु

शुक्रबार, २७ मङ्सिर २०७६, १० : ३४
शुक्रबार, २७ मङ्सिर २०७६

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । 

काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप