डिस्को काण्डले लिग पनि गुम्यो
काठमाडौँ । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्न जानुअघि डान्सबार र डिस्को गएर अनुशासनको कारवाहीमा परेका चर्चित फुटबलर विमल घर्तीमगरसहित चार खेलाडीले शहिद स्मारक ‘ए’ डिभिजन लिग पनि खेल्न नपाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीमाथि छानबिन भइरहेकोले तत्काल कुनैपनि प्रतियोगिता खेल्न नपाउने बताए । ‘यस विषयमा छानबिन समितिले अनुसन्धान गरिरहेको छ । समितिको निर्णय नआएसम्म लिग खेल्न पाउने कुरै छैन,’ शेर्पाले भने । एन्फाले लिगमा हुने खेल मिलेमतो र अनुशासनहिनता जस्ता गतिविधिलाई रोक्न छुट्टै संयन्त्र बनाउन लागेको पनि शेर्पाले बताए । साढे ६ करोड लगानीको महत्वकाङ्क्षी ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
विश्वकप छनोट र १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका विमलसहित अन्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी राति क्याम्पबाट भागेर ठमेल र दरबारमार्गका विभिन्न डान्सबार र डिस्को पुगेका थिए ।
डान्सबार गएर झगडा गरेको खुलेपछि यी खेलाडीलाई एन्फाले तत्काल बर्खास्त गरेको थियो । विश्वकप छनोटसँगै साग फुटबल खेल्न नपाएका यी खेलाडीले लिगपनि गुमाउने भएका छन् ।
यी खेलाडीबिनै नेपालले भर्खर फाइनलमा भुटानलाई २–१ गोलले हराएर साग फुटबलको स्वर्ण जितेको थियो । नेपालले लिग चरणदेखि अपराजित रहँदै उपाधि जितेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू