प्रतिभालाई माल्दिभ्समा अवसर
काठमाडौं । नेपालकी नम्बर एक महिला भलिबल खेलाडी प्रतिभा मालीले माल्दिभ्समा भलिबल लिग खेल्ने भएकी छन् । प्रतिभा माल्दिभ्सको पुलिस क्लबबाट लिग खेल्न बिहिबारनै माल्दिभ्स प्रस्थान गरेकी छन् । उनलाई माल्दिभ्सको अन्य तीन क्लबबाट खेल्ने प्रस्ताव आएपनि त्यहाँको पुलिस क्लब उनको रोजाईमा परेको हो । न्यु डायमन्डबाट घरेलु प्रतियोगिता खेल्दै आएकी प्रतिभाले माल्दिभ्स राष्ट्रिय टोलीकी कप्तान जुझानको विशेष अनुरोधमा त्यहाँको पुलिस क्लबबाट लिग खेल्न लागेको जानकारी न्यु डायमन्डका प्रशिक्षक कुमार राईले बताए ।
नेपाली राष्ट्रिय टोलीकी अलरान्डर प्रतिभाको उत्कृष्ट प्रदर्शनमा नेपालले हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत जितेको थियो । स्वर्णको लागि भएको फाइनल भिडन्तमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । प्रतिभाले माल्दिभ्समा लिग खेल्दा २५ सय अमेरिकी डलर पाउने बताइएको छ । उनले यसअघि पनि दुई पटक माल्दिभ्सको लिग खेलिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ