शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा ३ जना फरार अभियुक्त पक्राउ

बिहीबार, २६ मङ्सिर २०७६, १९ : ४१
बिहीबार, २६ मङ्सिर २०७६

रौतहट । रौतहट प्रहरीले लामो समयदेखि फरारको सूचिमा रहेका ३ जना अभियुक्तलाई पक्राउ गरेको छ । जालसाजी मुद्धामा फरार रहेका गढीमाई नपा ६ का सहदेव यादव र घमण्डी राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी लुटपिट मुद्धामा फरार रहेका सोही वडाका रामसिंहासन यादव लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ सबैजनालाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत गौरमा हाजिर गराइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीेले बताएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप