बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब पोखरामा ‘सरर नेपाल’, बोलाउनुस् ट्याक्सी घरमै

बिहीबार, २६ मङ्सिर २०७६, १९ : २२
बिहीबार, २६ मङ्सिर २०७६

पोखरा– काठमाडौंमा निकै सफल मानिएको राइड सेयरीङ सर्भिस अब पोखरमा पुगेको छ। काठमाडौं भित्रमात्र सिमित रहेको राइड सेयरीङ सर्भिसलाई टेक फर नेपालले पोखरा भित्र्याएको हो। 

नेपालमा बढ्दो टेकनोलोजीको उपयोगलाई काठमाडौंमा मात्रै सिमित नराखी देशैभरी फैलाउने बताउछन टेक फर नेपालका डाइरेक्टर तथा सरर नेपालका अपरेसन हेड सन्तोष कुमार बिमली ।

अब पोखरामा पनि घरमै बसी बसी अथवा कुनै स्थानमा मोबाईलबाटै आफुलाई वा आफ्ना आफन्तलाई आफ्नो गन्तव्यमा पुग्न SARARA NEPAL सेवाको परिक्षण सेवा सुरु गरिएको छ।    

के हो सरर नेपाल ?

सरर नेपाल एक राइड सेयरिइङ एप हो, जसको मदतले तपाईंले आफु भएकै स्थानमा बाइक, ट्याक्सी वा अन्य साधन बोलाउन सकिन्छ। 

कसरी चलाउने ?

सरर नेपालमा आवद्ध हुन चाहने ट्याक्सी, बाइकहरुले SARARA CAPTAIN एप डाउनलोड गरी अन्लाइन रेजीस्टर गर्नुपर्ने हुन्छ। सरर नेपालबाट सेवा लिन चाहनेहरुले SARARA NEPAL एप डाउनलोड गरी अन्लाइन रेजीस्टर गर्नुपर्ने हुन्छ।

प्यासेन्जरका हिसाबले सररमा यात्रा गर्दा भाडाको पारदर्सिता, पुग्ने ठाउँ सम्मको लोकेसन, एडभान्स बुकिङ गर्न मिल्ने, सधैं जाने आउने ठाउँका लागी सस्तो प्याकेज, हरेक यात्राबाट रु १ सामाजिक कार्यका लागि  जस्ता बिशेषता छन् । 

त्यसैगरी सरर नेपालमा आद्धहुने सेवा प्रदायकलाई 10% मा काम गर्न सक्ने गरी वा मासिक फिक्सड रकम तिरी कम्पनीका अनेक फाईदाहरु जस्तै फ्री सिम, फ्री डाटा, फ्री भोइस, फ्री बाईक सर्भिसिङ र अन्य सुबिधाहरु उपयोग गर्न सकिन्छ ।

 (App features) को कुरा गर्नु पर्दा हाम्रा बिशेषता के हुन जान्छ भने सररबाट जुनसुकै समयको लागि अहिले तत्कालाई अर्डर राख्न सकिनेछ । Ride Later Option ले यात्रुलाई यो सुबिधा दिन्छ । यात्रुले आफ्नो समयलाइ ख्याल राखेर अर्डर राख्दा हतार गर्नु पर्ने झन्झट हट्नेछ ।

टेक फर नेपालले राइड सेयरको लागि ल्याएको नयाँ एप एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छ। यो सेवा उपयोग गर्नका लागि तपाईंले सरर नेपाल एप डाउनलोड गरेर अरु सेवा प्रदायक जस्तै राइड बुक गर्न सकिन्छ। त्यसपछी राइडर जसलाई सरर क्याप्टेन पनि भनिन्छ उनले यात्रुलाई पिक अप लोकेसनबाट गन्तब्यसम्म छोड्नेछन्। 

एपमा चालकका रूपमा आबद्ध हुन चालक एप डाउनलोड गरी ब्लुबुक, लाइसेन्स, सवारी साधनको फोटो, नम्बर प्लेटको फोटो राखी रजिष्ट्रेसन गर्नु पर्ने प्रावधान राखिएको छ । कम्पनीले चालक तथा यात्रुको सुरक्षाका लागि बिमाको व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप