पौडेल पक्षद्वारा केन्द्रीय समिति बैठक बहिस्कार
बिहीबार, २६ मङ्सिर २०७६, १७ : १६
काठमाडौँ । नेपाली काँग्रेसको बिहीबारको लागि बोलाइएको केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल पक्षले बाहिस्कार गरेको छ ।
बैठकको एजेन्डामा १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषय समावेश गर्न सभापति शेरबहादुर देउवा राजी नभएको भन्दै पौडेल पक्षले बैठक बाहिस्कार गरेको हो ।
उनीहरू बैठक हलमा प्रवेश नै नगरी पार्टी कार्यालय सानेपाबाट हिँडेका हुन् ।
पौडेल पक्ष सहभागी नभएको बैठकमा देउवाले आफू निकटका केन्द्रीयहरुलाई बैठकको एजेण्डा वितरण गर्नुबाहेक अरु कुनै छलफल हुन सकेन । पौडेल समूहले बहिस्कार गरेसँगै अर्को बैठक यही मंसिर २९ गतेसम्मको लागि स्थगित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु