बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति शमशेर राणाले प्रमाण दिन नसकेपछि यस्तो आयो आयोगको विज्ञप्ति

आइतबार, ०४ भदौ २०७४, २२ : ०२
आइतबार, ०४ भदौ २०७४

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भई राप्रपा प्रजातान्त्रिक पार्टी गठन गरी निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिए पनि दल दर्ता नहुने भएको छ ।

राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ३३ को उपदफा (२) बमोजिम राप्रपा (प्रजातान्त्रिक) नामको दल दर्ता गरी पाउँ भनी पशुपति शम्सेर जबरा सहितले साउन २२ गते आयोगमा निवेदन दिएका थिए ।

निर्वाचन आयोगले भने पार्टीका केन्द्रीय सदस्य र व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सांसदमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) नामको राजनीतिक दल दर्ता गर्न समर्थन गर्ने केन्द्रीय सदस्य र सांसदहरुलाई सक्कल नागरिकतासहित उपस्थित हुन भदौ ४ गतेसम्मको समय दिएको थियो ।

आयोगले दिएको आइतबार विहान ११ बजेदेखि बेलुका ५ बजेभित्र सनाखतको लागि आयोगमा उपस्थित हुन निर्देशन दिँदै साउन २३ गते गोरखापत्रमा सूचना प्रकाशित गरिए पनि तोकिएको मिति र समयमा कुनै पनि सदस्य आयोगमा उपस्थित नभएको आयोगका आयोगका शाखा अधिकृत सन्तोषप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

राणा समूहका कोही पनि अनुपस्थित भएपछि आयोगको आइतबारको बैठकपछि विज्ञप्ति प्रकाशित गरी अनुपस्थित रहेको जानकारी गराएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप