बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४४ वर्षको करियरमा रजनीकान्तले कहिल्यै गरेनन् कुनै ब्रान्डको विज्ञापन, दुई करोड बढीको अफर पनि अस्विकार

बिहीबार, २६ मङ्सिर २०७६, १२ : ४६
बिहीबार, २६ मङ्सिर २०७६

६९ वर्ष पुगिसकेका रजनीकान्तले सन् १९७५ मा रिलिज भएको तमिल फिल्म ‘अपूर्वा रागंगल’ मा सानो भूमिकामार्फत् मनोरञ्जन क्षेत्रमा पाइला टेकेका थिए । उनले अहिलेसम्म १ सय ६० फिल्ममा काम गरिसकेका छन् । तर ४४ वर्षको फिल्मी करियरमा उनले कहिले पनि कुनै ब्रान्डको विज्ञापन गरेका छैनन् । तीन वर्ष अघि उनले यस्तो नगर्नुको कारणसमेत खुलाएका छन् ।

अण्डरवेयर – जुत्ताको ब्रान्डको प्रोमोशनका लागि तयार छैनन्ः

नर्थ इन्डियामा रहेको विज्ञापन एजेन्सी सेपिएन्ट नित्रोका स्ट्रेटेजिक हेड रोशिताश श्रीवास्तवले भनेका थिए, ‘उनी अण्डरवेयर वा जुत्ताको ब्रान्डको प्रोमोशनका लागि तयार छैनन् । उनी उच्च श्रेणीका लागि बनेका हुन् । आफूलाई कस्ता  सामग्री प्रयोग गर्ने भनेर रजनीकान्तले जानकारी दिउन् भन्ने उनका प्रशंसक चाहँदैनन् । ’

रिपोर्टका अनुसार जब एक कोला ब्रान्डले उनलाई दुई करोड भारु बढीको अफरसहित प्रस्ताव राखेका थिए तब उनले कम्पनीका कार्यकारीलाई भेट्नसमेत अस्विकार गरेका थिए ।

प्रशंसकको नजरमा भगवान, त्यसकारण विज्ञापनबाट टाढाः

एक ट्यालेन्ट कम्पनीका वरिष्ठ कार्यकारी थेरन कारमेनले मिडियासँगको कुराकानीमा रजनीकान्तलाई प्रशंसकले भगवानजस्तै मान्ने भएकोले उनी कहिले पनि कुनै पनि ब्रान्डको विज्ञापन नगर्ने बताएका छन् । उनी भन्छन्, ‘के तपाईंले कहिले भगवानले कोक बेचेको देख्नुभएको छ ? यसले एक प्रकारको इमान्दारिता सुनिश्चित गर्छ ।’

यो एन्डोर्समेन्ट जगतको नकारात्मक पक्ष पनि हो । जतिबेला कुनै उत्पादनमा कुनै गडबडी हुन्छ तब सेलिब्रिटीलाई नै निशानामा पारिन्छ । त्यसैकारण रजनी कुनै पनि उत्पादनको विज्ञापनबाट टाढै बस्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप