शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बायर्नसँग टोट्टनहाम पराजित

बिहीबार, २६ मङ्सिर २०७६, १० : २३
बिहीबार, २६ मङ्सिर २०७६

इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाम युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ । 

समूह ‘बी’ अन्तर्गत बुधबार राति भएको खेलमा टोट्टनहाम घरेलु टोली बायर्न म्युनिखसँग ३–१ गोलले पराजित भयो । बायर्नको जितमा किङ्सले कोमानले १४औं मिनेटमा खाता खोले । थोमस मुलरले ४५औ र फिलिप कोउटिन्होले ६४औं मिनेटमा गोल गरेका थिए । 

टोट्टनहामका लागि रायन सेसेग्ननले २०औं मिनेटमा एक गोल फर्काएका थिए । जितसँगै बायर्न समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । हारेपनि समूह उपविजेता बन्दै टोट्टनहामले पनि नकआउट चरणमा स्थान बनाएको छ । 

बायर्नले ६ खेलबाट १८ अंक र टोट्टनहामले १० अंक बनाएको छ । यही समूहको अर्को खेलमा ओलम्पियाकोस र रेडस्टार बेलग्रेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । तर दुवै टोली समूह चरणबाट बाहिरिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप