शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी निस्कासनपछि मानव अङ्ग प्रत्यारोपण केन्द्रमा तनाव

आइतबार, ०४ भदौ २०७४, १९ : ४५
आइतबार, ०४ भदौ २०७४

हेमराज ढकाल

भक्तपुर– करारमा भर्ती गरिएका कर्मचारी एकाएक अस्पताल प्रशासनले निस्कासन गरेपछि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण कर्मचारीहरुद्धारा प्रशासनमा तालाबन्दी गरेका छन् । 

अस्पताल प्रशासनमा नियुक्ति गरेका कर्मचारीलाई हटाएपछि मानव अङ्ग प्रत्यारोपण केन्द्र अशान्त बन्दै गएको छ । गत आइतबारदेखि कर्मचारीमाथि श्रमशोषण गरेको भन्दै प्रशासन मार्फत हुने सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका हुन् । 

अस्पतालका कार्यरत कर्मचारीले सेवाबाट हटाइएको कर्मचारीहरुलाई पुनः सम्मान साथ पुर्नबहाली हुनपर्ने, तीन तीन महिनाको करारमा राखे पनि २ महिनाको तलब नपाएकाले तलब पाउनु पर्ने, अस्पतालमा माथिल्लो तहमा रहेका व्यक्तिले नाताबादको आधारमा कर्मचारी भर्ना गरेकोे, श्रम शोषणको अन्त्य गर्नु पर्ने, सरकारको नियम अनुसार सेवा सुविधा दिनु पर्ने लगाएतका माग गर्दै अस्पतालका केही दिन यता धर्ना दिइरहेका छन् ।

केहि दिन अगाडि अस्पतालमामा रहेका कर्मचारीहरु सजना देउला, कृति श्रेष्ठ, विकास महर्जन र प्रजिना जति रहेका छन् । उनीहरु अस्पतालको नर्सिङ, र डाइलोसिस टेक्निसिएन रुपमा कार्यरत थिए । अस्पतालको प्रशासनमा ताला लागेपछि डाइलोसिस गर्न पालो कुरेर बसेका बिरामीसमेत समस्यामा परेका छन् ।
 
नेपालमै सस्तो मुल्यमा मिर्गौला रोगको उपचार, मिर्गौला फेर्ने, कलेजोको प्रत्यारोपणसमेत गर्न थालेको यो अस्पतालमा समेत राजनीतिक भर्ती केन्द्र बन्दै गएकाले समस्या देखिन थालेको छ । यसबारेमा अस्पतालका प्रमुख पुकारचन्द्र श्रेष्ठ भने रातोपाटीसँग सम्पर्कमै आउन चाहेनन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप