‘बिहीबार बिदा छैन’
बुधबार, २५ मङ्सिर २०७६, २१ : ०७
काठमाडौं । बिहीबार उधौली पर्व र यःमरि पुन्हि (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको यःमरि पुन्हि (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ ।
धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए । सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’