बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अवैध रकमसहित दुई पक्राउ

बुधबार, २५ मङ्सिर २०७६, २० : २३
बुधबार, २५ मङ्सिर २०७६

नेपालगञ्ज । नेपालगञ्जमा अवैध नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका—२ घरबारीटोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन् । 

गस्तीमा रहेको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुका साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैया भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । 

यसैगरी, प्रहरीले बर्दियामा बेवारिसे अवस्थामा रहेका एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका—१२ भवानी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप