बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार यादवमाथि दुर्व्यवहार

बुधबार, २५ मङ्सिर २०७६, १९ : ४५
बुधबार, २५ मङ्सिर २०७६

लहान सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा केही दिनदेखि उत्पन्न समस्या समाधानका लागि भइरहेको छलफलको समाचार संकलन गर्न पुगेका पत्रकार मुकेशकुमार यादवमाथि दुर्व्यवहार भएको छ ।  आन्दोलनरत पक्ष र गाउँपालिकाका पदाधिकारीसहितको छलफलको समाचार संकलन गर्न पुगेका बेला आफुमाथि समाजवादी पार्टीका नेता राजकुमार गुप्ताले दुर्व्यवहार गरेको पत्रकार यादवले बताए ।

गाउँपालिकाका अध्यक्षले दलिय हिसाबले बजेट बाडफाँड गरेको, हरहिसाब पारदर्शी नभएको तथा पूर्वाग्रही रुपमा विशेषसभा गरेको लगायतका आरोप लगाउँदै नेकपा र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा स्थानीयहरुले विरोध प्रर्दशन गर्ने क्रममा गत आईतबार झडप हुदाँ वडा नम्बर ३ का वडाअध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाईते भएका थिए ।

आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्दै समस्या समाधान गर्न आज सर्वपक्षीय छलफल बोलाइएको थियो  ।  छलफलमा बसिरहेका बेला नेता गुप्ताले बैठकमा पत्रकारलाई किन बस्न दिने भन्दै प्रहरी प्रशासन लगाएर आफुलाई बाहिर निकालिएको पत्रकार यादवको भनाई छ । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप