मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१३ लाख रुपयाँसहित बाबुछोरा पक्राउ

बुधबार, २५ मङ्सिर २०७६, १८ : १३
बुधबार, २५ मङ्सिर २०७६

बाँके । सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज एवं प्रहरी निरीक्षक दीपक मल्लले उनीहरुका साथमा रहेको रकम अवैध भएको र उक्त रकमको स्रोतको खोजी भइरहेको बताए ।

प्रहरी निरीक्षक मल्लले सुन कारोवारमा संलग्न बाबुछोराको गतिविधिप्रति प्रहरीले पहिलेदेखि नै निगरानी गरिरहेको बताउनुभयो । उनले भने, “शङ्का लागेपछि आज प्रहरी पिछा गरेका थियौँ । सोही क्रममा रु १३ लाख नगद रकमसहित बाबुछोरालाई प्रहरीले पक्राउ गरेका छौँ ।” 

प्रहरी निरीक्षक मल्लले कुन स्रोतबाट रकम आएको भन्ने अनुसन्धानपछि मात्र खुल्ने बताए । यसअघि पनि नेपालगञ्जमा स्रोत नखुलेको रकमसहित केही व्यक्ति पक्राउ परिसकेको उनले जानकारी दिए ।

नेपाल र भारत सीमा क्षेत्रका सुन, हुण्डी जस्ता कारोवारमा संलग्नहरुले नेपाली तथा भारतीय अवैध रकम ओसापसार गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप