मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस पदाधिकारी बैठक आज बस्दै

बुधबार, २५ मङ्सिर २०७६, १३ : २४
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा भोलिदेखि शुरु हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल हुने बताइएको छ ।

केन्द्रीय समिति बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप