शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नोबेल पुरस्कार वितरण समारोहमा विजेताद्वय अभिजित बनर्जी धोती र एस्थर डफ्लो सारी लगाएर पुगे

बुधबार, २५ मङ्सिर २०७६, १३ : २०
बुधबार, २५ मङ्सिर २०७६

एजेन्सी । यो वर्षको अर्थशास्त्र विधाका नोबेल पुरस्कार भारतीय मूलका अर्थशास्त्री अभिजित बनर्जी र फ्रेन्स मूलकी अर्थशास्त्री एस्थर डफ्लोसँगै अमेरिकी अर्थशास्त्री माइकल क्रेमरलाई संयुक्त रूपमा प्रदान गरियो । 

ती तीन जनाले विश्वव्यापी गरिबी निवारणको लागि प्रयोगात्मक विधि विकास गरेकोमा पुरस्कृत गरिएको थियो । 

विजेताहरुमध्ये बनर्जी र डफ्लो श्रीमान–श्रीमती हुन् ।

बुधबार ओस्लोमा उक्त पुरस्कार वितरणको विशेष समारोह भयो । 

कार्यक्रममा बनर्जीले परम्परागत भारतीय पहिरन धोती र बन्दगला ज्याकेट लगाएका थिए भने डफ्लोले निलो सारी लगाएकी थिइन् । अर्का विजेता क्रेमर भने सुटमा थिए । 

बनर्जी अर्थशास्त्र विधामा नोबेल पुरस्कार जित्ने दोस्रो भारतीय हुन् । यसअघि बङ्गाली समुदायकै भारतीय अमत्र्य सेनले पुरस्कार उक्त पुरस्कार जितेका थिए । 

सन् १९६१ फेब्रुअरी २१ मा जन्मिएका बनर्जीले कोलाकाताको प्रेसिडेन्सी कलेजबाट स्कुले शिक्षा हासिल गरेर नयाँ दिल्लीको जवाहारलाल नेहरु विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका थिए । पछि सन् १९८८ मा उनले हारवार्ड विश्वविद्यालयबाट विद्यावारिधि अध्ययन सकाए । 

उनको विद्यावारिधि थेसिसको शीर्षक ‘एसे इन इन्फरमेसन इकोनोमिक्स –सूचना अर्थशास्त्रबारे प्रबन्ध’ थियो । 

बनर्जी अहिले एमआईटीमा प्रध्यापन गर्छन् । यस अघि उनी हारवार्ड र प्रिन्सटन पढाउँथे । 

उनी पुअर इकोनोमिक लगायत कैयौँ पुस्तकका लेखक हुन् । पुअर इकोनोमिकले वर्षको गोल्ड–म्यान स्याक्स बिजनेस बुक जित्न सफल भएको थियो । 

अभिजित बनर्जी र एस्थर डफ्लोले सन् २०१२ मा विवाह गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप