शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलालाई जबरजस्ती गरेको आरोपमा वडाध्यक्ष  पक्राउ

बुधबार, २५ मङ्सिर २०७६, १२ : १९
बुधबार, २५ मङ्सिर २०७६

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ  । 

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास  गरेको आरोपमा पक्राउ  गरिएको  प्रहरी नायब  उपरीक्षक तिलक  भारतीले बताए । 

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई  पक्राउ गरिएको  हो । 

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताए । 

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको  प्रहरीले  जनाएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप