बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घरभित्र बाबुको हत्या गरी फालेको आशङ्कामा आमा–छोरा पक्राउ

बुधबार, २५ मङ्सिर २०७६, ०९ : ५६
बुधबार, २५ मङ्सिर २०७६

प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।
 
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईँले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए । 

“घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ”, उनले भने, “अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप