अनलाइन ठगी र बैङ्क ह्याकिङ गर्ने ३ जना पक्राउ
बुधबार, २५ मङ्सिर २०७६, ०९ : ३६
नेपाली बैङ्क ह्याकिङ तथा अनलाइनबाट ठगीमा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
अनलाइनका माध्यमबाट पुरस्कार वा चिठ्ठा पर्यो लगायतका विभिन्न प्रलोभन देखाई उनीहरुले ठगी गर्ने गरेको प्रहरीको भनाई छ ।
त्यसैगरी उनीहरुले विभिन्न बैङ्क ह्याकिङसम्म गरेको प्रहरीले बताएको छ ।
उनीहरुलाई काठमाडौँ लगायत देशका अन्य स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुको नाम भने प्रहरीले खुलाएको छैन । यसबारेमा थप जानकारी दिन प्रहरीले पत्रकार सम्मेलनको तयारी गर्दैछ ।