शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटी बर्खास्त

बुधबार, २५ मङ्सिर २०७६, ०८ : ५९
बुधबार, २५ मङ्सिर २०७६

एजेन्सी । च्याम्पियन्स लिगको नकआउ चरणमा प्रवेश गरेको केही घण्टापछि नै नापोलीले म्यानेजर कार्लो एन्चेलोटीलाई बर्खास्त गरेको छ ।

घरेलु मैदानमा येन्कलाई ४–० गोलअन्तरले पराजित गर्न अघि इटालियन क्लब सबै प्रतियोगिताहरुका नौ खेलमा जीतविहीन रहेको थियो ।

क्लबमा दोस्रो सिजन बिताइरहेका एन्चेलोटीको नेतृत्वमा क्लब लिगको सातौँ स्थानमा सिमित रहेको छ ।

यसअघि, नापोली यो सिजन लिभरपुललाई हराउने एक्लो टोली बनेको थियो । गत सेप्टेम्बरमा नापोलीले लिभरपुललाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

गत महिना म्यानेजर र नापोलीका खेलाडी तथा क्लबका अध्यक्ष औरिएलो डे लोरेन्टिसबीच विवाद भएको थियो ।

इङ्ल्याण्डमा हुँदा चेल्सीसँग प्रिमियर लिग र एफए कपको उपाधि जितेका एन्चेलोटी आर्सनल वा एभर्टनबाट पुनः लिगमा फर्कने चर्चा पनि चलेको छ ।

उनी तीन पटक च्याम्पियन्स लिग जित्ने मात्र तीन म्यानेजरमध्ये एक हुन् । यसमा लिभरपुलका बब पेस्ली र रियल म्याड्रिडका जिनेदिन जिदान रहेका छन् ।

एन्चेलोटीले एसी मिलानसँग दुई र रियल म्याड्रिडसँग एक पटक च्याम्पियन्स लिग जितेका छन् । उनले मिलान, चेल्सी, पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिखसँग लिग उपाधि पनि जितेका छन् ।

मंगलबार राती भएको खेलमा नापोलीले येन्कलाई ४–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप