शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो पो रहेछ जेब्रा शरीरमा काला धर्काहरु हुनुको अचम्मैलाग्दो रहस्य !

बुधबार, २५ मङ्सिर २०७६, ०७ : ३७
बुधबार, २५ मङ्सिर २०७६

जेब्रा, सायद हामी  धेरैले यसबारे सुनेका छौं होला । पत्रिका वा किताबमा यसको तस्विर पनि देखेका छौं होला । आउनुहोस् जेब्रा के रहेछ भन्ने बारे केही चर्चा गरौं ।  

वास्तवमा जेब्रा एक स्तनपायी जनवार हो । यो हेर्दा घोडाजस्तो देखिन्छ । तर यिनीहरु अकारमा घोडाभन्दा अलिक साना हुन्छन् । समान्य घोडाको शरीरको रङ एकैखाले हुन्छन् । तिनीहरु विशेष गरी खैरो, कालो वा सेतो हुन्छन् । उता जेब्राको शरीर भने सेतो हुन्छ जहाँ धेरै कालो धर्काहरु हुन्छन् । 

तिनीहरुको शरीरमा भएको कालो धर्काहरुले तिनीहरु हेर्दा निकै सुन्दर देखिन्छन् । तरे ती कालो धर्काहरुले तिनीहरुको सुन्दरता मात्र बढाउने काम गर्दैन । यसले तिनीहरुलाई अरु माशांहारी जनावारहरुबाट बचाउने गर्छ । यो कुरा तपाईहरुलाई सुन्दा अचम्म लाग्न सक्छ । कसरी कालो धर्काले तिनीहरुलाई हरु जनवारबाट बचाउन सक्छ ?

हो, त्यही कालो धर्काले तिनीहरुलाई अरु जनावरहरुबाट विभिन्न तरिकाले बचाउन मद्दत गर्छ । तिनीहरको शरीरमा भएको कालो धर्का तिनीहरु बस्ने जंगलको वातावरणसँग मेल खान्छन् । यसलाई प्याट्रन केमोफ्लेज (pattern-camouflage) भनिन्छ । हामीले विभिन्न सिनेमामा आर्मीहरुले जंगलमा युद्ध गर्न जाँदा अरुले नदेखोस् भनेर हरियो लुगा र मुखमा कालो रङ्ग दल्ने गरेको पनि देखेका छौं होला । यही कुरा जेब्रामा पनि लागु हुन्छ ।

तर घाँस त पहेलो कि त हरियो हुन्छ, कसरी त्यसले उनीहरुलाई लुकाउन सक्छ त ? यो प्रश्न उठ्न सक्छ । यसको उत्तर पनि रोचक छ । तिनीहरु मुख्य दुश्मन भनेको सिंह हो, जसले रङ्ग छुट्टाउन सक्दैन । सिंहहरु रंग छुट्याउन नसक्ने अर्थात् कलर ब्लाइन्ड (colorblind)  हुन्छन् । जेब्राको शरीरमा भएको कालो रंगको बनावट र घाँसको बनावट मिल्ने हुन्छ । यस्तो अवस्थामा तिनीहरु घाँसमा नहल्ली बसे भने सिंहलाई चिन्न निकै गाह्रो पर्छ ।

यसरी त्यस्ता शिकारी जनवारहरुबाट बच्न तिनीहरुको शरीरको धर्काले केही हदसम्म मद्दत गर्छ । तर त्यस्ता जनावरहरुबाट तिनीहरुलाई बचाउने मुख्य हतियार भनेको तिनीहरु समूहमा सँगै हिँड्ने बानी नै हो । जेब्राहरु प्रायः सधैं ठूलो समूह बनाएर हिँड्ने गर्छन् । उनीहरु एकैठाउँमा बस्ने हुँदा सिंह पनि कहिलेकाहीँ तिनीहरुलाई घाँस भनेर झुक्किने गर्छन् । जेब्राहरु ठूलो समूहमा हिँड्ने हुँदा कहिलेकाहीँ सिंहले सबै जेब्रालाई एउटै ठान्छन् । यसरी ठूलो जनवार ठानेर सिंहले पनि तिनीहरुलाई आक्रमण गर्ने आँट गर्दैन । फेरि त्यसको शरीरको धर्काले उत्पन्न गराउने भ्रमका कारण सिहलाई जेब्रा कुन दिशामा जाँदैछ भन्ने कुरा पनि थाहा हुँदैन । त्यसबाहेक, शिकारी पशुहरुलाई समूहमा रहेको कमजोर जेब्रालाई छुट्टाउन पनि उप्ठ्यारो हुन्छ । त्यसैले तिनीहरुले जेब्रालाई एकैचोटी आक्रमण गरिहाल्दैनन् ।

अब प्रश्न उठ्न सक्छ: के त्यो धर्काले गर्दा के जेब्राहरु आफैं चाहिँ झुक्किँदैनन् त? रमाइलो उत्तर के हुन्छ भने उनीहरु झुक्किँदैन । बरु अचम्मको कुरा त के छ भने अझ यसले तिनीहरुलाई एक अर्कालाई चिन्न पो मद्दत गर्छ ।

तिनीहरुको शरीरमा भएको घर्का भनेको हाम्रो औंलाको छापजस्तै हो । जसरी हाम्रो औंलाको छाप एकअर्कासँग मिल्दैन, त्यसरी नै तिनीहरको शरीरमा भएको धर्का एकअर्कासँग मिल्दैन । वैज्ञानिकहरुका अनुसर यसैको मद्दतले तिनीहरुले एकअर्कालाई चिन्छन् । यसरी जेब्राले आफ्नो समूह पनि चिन्ने गर्छ । यसले वैज्ञानिकहरुलाई एउटै जेब्राको अध्ययन गर्न पनि मद्दत गर्छ ।

जेब्रा जन्मनेबित्तिकै त्यसको शरीरमा पट्टी हुन्छ । तर त्यसको रंग हुर्केको जेब्रा जस्तो निख्खर कालो हुँदैन, बरु त्यो सेतो र खैरो रंगको हुन्छ ।

पछिल्लो अध्ययनहरुले देखाएअनुसार जेब्राको शरीरमा हुने कालो सेतो पट्टीले तिनलाई ठूला शिकारी पशुहरुबाट मात्र हैन, स–साना रोग बाहक झिंगाहरुबाट पनि बचाउने काम गर्छ । त्यसैगरी, त्यो पट्टीले तापलाई नियन्त्रण गर्ने काम पनि गरिरहेको हुन्छ । वैज्ञानिकहरु त के पनि बताउँछन् भने जेब्राले खानेकुरा ढिलोगरी पचाउने गर्छ  त्यही कारण उसले धेरै लामो समयसम्म खानेकुरा खाएर बस्नको लागि अफ्रिकाको गर्मीमा खुला भागमा उभिनुपर्ने हुन्छ । यस अर्थमा जेब्राको शरीरमा हुने उक्त पट्टीले उसलाई तातो घाममा गर्मी हुनबाट बचाउने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप