शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

बुधबार, २५ मङ्सिर २०७६, ०७ : २०
बुधबार, २५ मङ्सिर २०७६

मानव विकास सूचकांक (एचडीआई) मा नेपालको स्तरमा झीनो सुधार देखिएको छ । सन् १९१० देखि सन् २०१८ सम्मको अवधिमा एचडीआईमा औसत वार्षिक शून्य दशमलव ५२ प्रतिशतले सुधार गर्दै  नेपाल १८९ देशमध्ये १४७ औं स्थानमा उक्लिएको हो । गत वर्ष नेपाल १४९ औं स्थानमा रहेको थियो । 

सन् २०१८ मा नेपालको रेटिङ शून्य दशमलव ५७९ रहेको छ । सन् १९९० मा शून्य दशमलव ३८० थियो । न्यून रेटिङ भएका मुलुकभन्दा नेपाल अहिले ६ स्थान मात्र अगाडि रहेको छ । नेपालकै स्थानमा केन्या पनि छ । प्रतिवेदनअनुसार दक्षिण एसियाको एचडीआईमा नेपालभन्दा श्रीलंका, भारत, भुटान र बंगलादेश अघि छन् । दक्षिण एसियाका मुलुकमध्ये श्रीलंका १७१ औं स्थान र भारत १२९ औं स्थानमा छन् ।  भुटान १३४ औं, बंगलादेश १३५ औं र पाकिस्तान १५२ औं स्थानमा छन् । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी०ले मंगलबार विश्वभर सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा शिक्षा, स्वास्थ्य एवं रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय २०११ को पीपीए डलरमा १३० दशमलव ५ प्रतिशतले वृद्धि भएको उल्लेख छ । यो समाचार आजको आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप