बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टर्की लिवियामा सेना पठाउन तयार

मङ्गलबार, २४ मङ्सिर २०७६, २२ : ५०
मङ्गलबार, २४ मङ्सिर २०७६

एजेन्सी । टर्कीले माग भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार भएको मङ्गलबार जनाएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले विश्व समुदायद्वारा मान्यताप्राप्त लिवियाली सरकारलाई सहयोग गर्न यदि लिवियाली उच्च अधिकारीद्वारा आग्रह भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार रहेको बताएका हुन् । हामीबाट सहयोगको अपेक्षासहित माग भएमा टर्कीले आवश्यक सेना तथा सैन्य सहयोग लिविया पठाउन तयार छ ।

गत महिना लिवियासँग सैन्य सुरक्षा सहमति गरेको टर्कीले आवश्यकताअनुसार लिवियालाई सघाउन चासो देखाएको हो ।  लिवियामा सन् २०१४ मा शुरू भएको गृहयुद्धका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने द्वन्द्वका कारण ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप