केन्द्रीय संस्करण

महिला हिंसाको अन्त्यका लागि कडा सजायको व्यवस्था हुनुपर्छ: सभापति देउवा

person explore access_timeमंसिर २४, २०७६ chat_bubble_outline1
file photo

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने बताएका छन् । मंगलबार काँग्रेस पार्टी कार्यालय सानेपमा ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले महिला हिंसा, बलत्कार तथा हत्या न्युनिकरणका लागि कानूनमै कडा व्यवस्था गरिनुपर्ने बताएका हुन् ।

उनले नेपाली काँग्रेसको विधानमा यस्तो गतिविधिमा सहभागी हुनेहरुलाई सदस्यता समेत लिन नपाउने व्यवस्था गरिएको बताए । उनले महिला हिंसा कम गर्न सरकारले काम नगरेपनि नेपाली काँग्रेसले गर्नुपर्ने बताए । कार्यक्रममा काँग्रेस महासचिव शशाङ्क कोइरालाले महिला हिंसाविरुद्धको विषयलाई विद्यालयस्तरको पाठ्यक्रममै राखेर अगाडी बढ्नुपर्ने बताए । त्यस्तै काँग्रेस नेतृ आरजु देउवाले महिलामुखि एजेण्डाहरु नेपाली काँग्रेसले स्थापनाकालदेखि उठाउँदै आएको बताए ।

नेपाली काँग्रेसले समाजमा परिवर्तन ल्याउने गरी महिलाका लागि गर्नुपर्ने कामहरुको बारेमा प्रतिष्ठान अगाडी बढ्नुपर्ने समेत उनले बताए । नेतृ उमा रेग्मीले नेपाली समाजमा महिलालाई बस्तुजस्तो प्रयोग गर्ने र फाल्ने रुपमा हेरिएको बताउँदै सरकार यसप्रति गम्भिर नभएको आरोप लगाए । उनले लोकतन्त्रको नाउँमा झन् बढी महिला हिंसा बढेको बताए । 

कमेन्ट

  1. Dec. 11, 2019, 11 a.m. Bishwakarma, Krishna
    Hoina Yo sabai aam manish ra kaam parti ashantushta haru sabaile prayog garne shabda "Kadakarwahi"bahnne shabda barambar prayog garera yasko nichchit artha ra prayog garaune tira jada ramro hunthyo ki! Janatalai bhram ma parne shabda lai prayog nagrda uttam hunecha. Htay, Balatkar, Brashtachari Gaddariapan ra ati ashahanshil parakritika aparadh jasta ghatana harulai mrityudana dine kanun banauda huncha ni chati thokera bahnne ni, kina Chepare kura garne desh ko patak patak pradhan matri bhayeko manche le???
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...