‘छपाक’ ट्रेलरमा दीपिकाको यस्तो रुप
मुम्बई । अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको ‘छपाक’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जीवनमाथि बनेको यो फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् । जसलाई केही युवकले एसिड अट्याक गर्छन् ।
१२ मिनेट १९ सेकेन्डको फिल्मको ट्रेलर निकै दमदार र इमोसनले भरिपूर्ण रहेको छ । ‘नाक छैन, कान छैन । झुम्का कहाँ लगाउनु ?’ फिल्मको ट्रेलरमा समावेश एक डाइलग हो यो । फिल्ममा यस्ता मनछुने सम्वाद पनि छन् ।
फिल्मको अभिनय विषयमा दीपिकाले केही समय अगाडि भनेकी थिइन्, ‘यो एक निकै महत्वपूर्ण कहानी हो र यो वास्तविक घटनामा आधारित छ । यसकारण आशा छ कि फिल्म राम्रो निस्कनेछ ।’ फिल्मको निर्देशन मेघना गुलजारले गरेकी हुन् । विक्रान्त मेसीको पनि मुख्य भूमिका रहेको फिल्म १० जनवरी २०२० मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार