दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई निलम्बन गर्न आयोगको पत्र
काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
नेपाल सरकारका उपसचिवसमेत रहेका रिजालले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोग लागेको छ । प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसँग घुस लिएको भन्ने सूचना विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए । आरोपी रिजालमाथि भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा छानबिन जारी छ ।
उपसचिव रिजाल पदमा रहीरहँदा आफूमाथि लागेको अभियोगको प्रमाण लोप गर्न सक्ने भएकाले तत्काल निलम्बन गर्न गृहमन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गृह मन्त्रालयले रिजालमाथि अभियोग लागेपछि तत्कालै दोलखाको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा