मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि ज्ञानेन्द्रले दिए बधाई

मङ्गलबार, २४ मङ्सिर २०७६, १८ : ११
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन् । 

शाहले मंगलबार साँझ एक सन्देश जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति खुसी व्यक्त गरेका छन् । 

उनले नेपालले गरेको प्रदर्शनले आफूलाई निकै खुसी बनाएको बताउँदै भनेका छन्, ‘आगामी दिनहरुमा पनि खेलकूद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने मेरो कामना रहेको छ ।’

ज्ञानेन्द्रले १३ औं साग सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवम् व्यवस्थापकप्रति धन्यवाद व्यक्र गरेका छन् । 

सागमा नेपाल ५१ स्वर्णपदक जित्न सफल भएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप