बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नवलपरासीमा लागु औषधसहित २ जना पक्राउ

मङ्गलबार, २४ मङ्सिर २०७६, १७ : ४४
मङ्गलबार, २४ मङ्सिर २०७६

पोखरा । नवलपरासीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । नवलपरासी पूर्व देबवुल नगरपालिका १७ झहरे खोलास्थित पुल मुनि बोरामा लुकाई राखेको अवस्थामा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा गैडाकोट नगरपालिका १६ का २६ वर्षीय कृष्ण श्रेष्ठ र १६ वर्षीय निशान परियार रहेको प्रहरीले खुलाएको छ । पक्राउ परेका उनीहरुको साथबाट ४७ फेनरागन, ४७ डाइजोपाम, ४७ नुर्फिन गरी जम्माजम्मि १ सय ४१ एम्पुल सहित ४५ सिरिन्ज र ४ थान मोबाइल बरामद गरिएको प्रहरीको भनाई छ ।  घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप