१३ औं साग: पुरुष फुटबलमा नेपालले गर्यो दोश्रो गोल
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोश्रो गोल गरेको छ । दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका हुन् । यसअघि नेपालकै अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
खेलेको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए । स्वर्ण पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ ।
राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ