शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बक्सिङले थप्यो नेपाललाई ५० औँ स्वर्ण

मङ्गलबार, २४ मङ्सिर २०७६, १६ : ०६
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत मंगलबार भएको भिडन्तमा बक्सिङबाट नेपालले ५० औँ स्वर्ण पदक जितेको छ ।  नेपालका खेलाडी सनिल शाहीले बक्सिङको ६० केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका हुन् । 

ललितपुरको सातदोबाटोस्थित कराँते हलमा पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी भिरेन्द्र सिंहलाई हराउँदै सनिलले स्वर्ण जित्न सफल भएका हुन् । योसँगै जारी सागमा स्वर्णको संख्या ५० पुगेको छ । मंगलबार नेपाल र भुटानवीच फुटबलको फाइनल खेल हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप