शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुलुकमा अपराध र दण्डहिनता बढ्यो : अनुपराज शर्मा

मङ्गलबार, २४ मङ्सिर २०७६, १३ : ३४
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताएका छन् ।  ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको बताएका हुन् ।

निर्वाचन सम्पन्न गरि जनताले चुनेका प्रनितिधिहरु सत्तामा भएपनि निष्कृय रहनु दुःखद भएको उनले बताएका छन् । ‘अहिलेको समय हाँसी ठट्टा गर्ने समय होइन् तर गणतन्त्र महादेवका उच्छृङ्खल गणहरुको गणतन्त्र होकी भन्ने आभास भइरहेको छ’, उनले भने । मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा उनले असन्तुष्टि जनाए ।

आचरण नै अधिकारवादीहरुको शक्ति भएको बताउँदै उनले हतियारको नभइ विचारको लडाई लड्ने समेत बताएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरि निकालिएको थियो । भद्रकालीबाट निकालिएको प्रभारतफेरि सुन्धारा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप