शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्टेट वान सिङ्गिङ आइडलमा ९ प्रतियोगी

मङ्गलबार, २४ मङ्सिर २०७६, १३ : ०७
मङ्गलबार, २४ मङ्सिर २०७६

धरान । स्टेट वान सिङ्गिङ आइडलको अन्तिम स्पर्धा बुधबार आयोजना हुने भएको छ । धरानस्थित सभागृहमा आयोजना हुने प्रतियोगिताको फाइनलमा ९ प्रतियोगी भिँड्दैछन् ।

रेडमुन इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा बिभिन्न चरणको अडिसन हुँदै भोजपुरको सुदेश राई, झापाकी जस्मिन बराल, सुनसरीकी प्रिया लामा, उदयपुरकी शोभा तामाङ, पाँचथरको डेबिट लिम्बु, धनकुटाकी शान्ता लिम्बु, धनकुटाको हिमाल मगर, सुनसरीकी  शोभा कुलुङ्ग र झापाको समिर मोते फाइनलमा पुग्न सफल भएका हुन् ।

बरिष्ठ गायक दीप श्रेष्ठ प्रमुख निर्णायक रहने प्रतियोगितामा एनआरएन कोरियाका सल्लाहकार गंगाराज राई र संगीतकार, गायक तथा प्राज्ञ रामकुमार लगायत रहेका छन् । प्रतियोगिताको बिजेताले शीर्ष उपाधिको साथमा भेस्पा स्कुटिमोटर बाइक, दोस्रोले ७० हजार र तेस्रोले ५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप