बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन, सभामुखको निर्वाचन पहिलो कार्यसूची

मङ्गलबार, २४ मङ्सिर २०७६, १३ : ००
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ । आउँदो पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सिफारिस गरेको हो ।

केही समयअघि संसदको हिउँदे अधिवेशन बेलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका थिए ।

सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसदको अधिवशेन बोलाउने संवैधानिक व्यवस्था छ ।

आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको पहिलो कार्यसूची सभामुखको निर्वाचन रहेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास आरोप लागेपछि पदबाट राजीनामा दिएपछि सो पद अहिले खाली रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप